pen_20and_20paper_20copy

कहिलेकाहीं लाग्छ लेख्न छोडी दिउ

तर मनमा गुम्सिएको कुरा हरुको के ?

त्यो भन्दा राम्रो कापीको पाना मै पोखी दिउ !!!!!!

 

 

 

सायद कापीको पाना अनि कलम को स्याही ले  बुझ्लान

हृदय को गति को चाल , जहाँ रिदम छ जहाँ संगीत छ

जहाँ छ अनगिन्ती कुराहरुको बजार!!!!

 

 

 

तर गर्न पनि के नै  सक्छु र मैले

मनको चारै कुनामा कुनै पनि छैन ठाउँ खाली

कहाँ जाऊ कहाँ पोखु मेरा यी विचार हजार!!!!!

 

 

 

सुनाउ कि त कुनै साथीलाई

तर सुन्ला त?

कतै सुनेर भनिदिने पो होकी

हैन के  भयो तिमीलाई , के  सुनाएको मलाई यो बाटोमा रोकी!!

 

 

 

रुख संग कुरा गरु कि, कि गरु कुरा पात संग

पहाड पर्बत झरना संग  गरु कि कुरा

तर रुख आफैमा मस्त छ पात संग

पहाड को टाकुरा  बाट झर्दै गरेको झरना छ आफ्नै काममा व्यस्त

 

 

 

फेरि एकछिन टक्क अडिएर सोचे भैगो

मेरा मन का कुरा मेरै मन मा नै रहियो !!!

 

 

 

घाम लाई भनू कि रात लाई पनि नभेटेको हैन

हावा संग को जुहारी खेल्दै पानी को थोपामा राखु कि कुरा मेरो

तर घाम को चर्को ले बिलाएर जाने त हैन

रात को शितलतामा हराउने पो होकी

हावा र पानीमा उड्दै बग्ने होकी

 

 

 

छोड दिउ भन्दिन मेरा कुरा कसै लाई

बरु आफ्नै कापी को पानामा पोख्छु

सायद कोहि त होला जो मौन पढी दिन्छ मेरो कुरा हरु लाई …..

जसले हेर्दिन जोखाना मेरो अक्षर अनि मेरो भनाइ को !!!!!!!!!!!!!