images

सबैले खोज्छन माया को परिभाषा
तर माया को छैन कुनै परिभाषा , न त छ कुनै भाषा,
शब्दमा कहाँ हुन्छ र बयान , हुन्छ भने त्यो माया हैन
त्यो हो केवल मायालु को आशा !!

 

खोज्न अर्थ तैपनि गर्दै छु प्रयास
आ आफ्नै छन् ब्याख्या यहाँ सबै को
बुझ्छु कि मैले पनि मायाको रहस्य अनायास !!

 

धेरै छ माया तिम्रो लागि मेरो
डुलीरहन्छु म त सधै तिम्रै हृदयको सेरो फेरो
ठुला ठुला कुरा गर्दैन मायालु म
बरु मौनतामा नै छ माया को ब्याख्या मेरो !!

 

तिम्रो मुहार भन्दा छैन कुनै दृश्य राम्रो
तिम्रो हासो भन्दा छैन केहि निश्चल
तिम्रो अंगालो जस्तो न्यानो छैन अरु केहि
तिम्रो बिशाल हृदय जस्तो छैन कुनै पर्बत अटल !!

 

हेरी रहु त्यो मुहार राम्रो, सुनी रहु त्यो निश्चल हासो
पाई  रहु  न्यानो त्यो अंगालो को
र बास त्यो बिशाल हृदयमा साचो !!

 

थाहा छ मलाई ति आँखामा तिम्रो
केवल मेरा लागि छ माया अपार
बेरिन्दै छु आफु आफै
तिम्रो मोह को भुमरीमा बारम्बार !!

 

खोजे मैले पनि शब्दमा माया को परिभाषा
तर यो त रह्यो मात्र मेरो आशा
माया को तलाउमा डुबे म चुर्लुम्म , छ अब मात्र तिम्रो साथ्
सहयात्री बनि जीवनभरी पौडी रहु समाएर तिम्रो हात !!