भेटे देखि तिमीलाई आफै लाई भेटे जस्तो लाग्यो
यो मनरुपी मरुभूमि को तिर्खा मेटे जस्तो लाग्यो!!!

आफै संग प्रश्न गर्छु कहिलेकाही
ति सबै प्रश्न हरु को उत्तर तिमि नै हो जस्तो लाग्यो
मेरो परेलीमा लुकेको सपना को रंग
मेरो भगवान संग गरिएको प्रार्थना
यो बिना अर्थ को संसार मा अर्थ तिमि नै हो जस्तो लाग्यो

तिम्रो सफा हृदय को गहिराईमा डुबेछु कि जस्तो लाग्यो
तिम्रो निश्चल हासो को पछाडी लुकेछु कि जस्तो लाग्यो
तिम्रो मायाको संसारमा हरायो कि कतै म
फेरि तिमिले मलाई खोजे जस्तो लाग्यो
तिम्रो न्यानो अंगालोमा बिर्सेर सबै कुरा बसी रहु जस्तो लाग्यो
घाम पानि ज सुकै भए पनि तिमि संगै सहु जस्तो लग्यो
हर एक पल, हर एक सांस ,
यो मेरो जिन्दगि नै तिम्रो बनाई , तिमीलाई समर्पित गर्न मन लाग्यो !!!!!!!